आज अदालतले पल शाहसँग बयान लियो

मुख्य खबर स्थानीय तह


काठमाडौं, १८ फागुन । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका ‘पल’ भनिने पूर्णविक्रम शाहको बयान सुरु भएको छ ।

एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी तनहुँ प्रहरीको हिरासतमा छन् ।

प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थपेको छ ।

आज भने अदालतले उनीसँग बयान लिएको छ ।

आज पललाई भेट्न नायिका पूजा शर्मा तनहुँ पुगेकी थिईन् ।

हिजोमात्रै निर्देशक सुदर्शन थापा र उनकी पत्नी सुप्रिया कटुवालले पललाई भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *