आज पनि एमसीसीबारे गठबन्धनका शीर्ष तीन नेताबीच छलफल

मुख्य खबर स्थानीय तह

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आज (शनिबार) पनि छलफल हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच एमसीसीको विषय छलफल तय भएको जनाइएको छ ।

छलफलको केन्द्रमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषय रहेको बताइएको छ । अमेरिकाले यहीँ फेब्रुअरीभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको बेला सत्तारुढ दलभित्रै भने एकमत बन्न सकेको छैन । मूलतः सरकारको नेतृत्व गरिरहेको कांग्रेस एमसीसी पास गराउनुपर्ने पक्षमा छ । आउँदो प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी टेबल गर्ने तयारी गरिरहेको र यसैका लागि गठबन्धनमा सहमति खोजिरहेको बुझिएको छ ।

यसका साथै आगामी वैशाखमा तोकिएको स्थानीय तहको चुनवलगायत विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *